हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिकामा सयुक्त खानेपानी तदर्थ समिति गठन गरीएको छ । शुक्रवार वडा नम्बर २ का वडा अध्यक्ष नोख बहादुर वलिको अध्यक्षता बसेको बैठकले सयुक्त खानेपानी तदर्थ समिती गठन गरेको हो । संघिय खानेपानी तथा ढल व्यवस्थापन, सुख्खा क्षेत्र सुर्खेतबाट कार्यान्वयनमा भएका गुर्भाकोट नगरपालिका वडा न १,२ र ४ को सयुक्त खानेपानी तदर्थ समिती अध्यक्षमा खिमानन्द ढकाल सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्ष सन्ते बुढा, कोषाध्यक्ष हुमकुमारी शाही, सचिवमा नर बहादुर डिसि, सहसचिव बहादुर डाङ्गी रहेका छन् , यस्तै सदस्यहरुमा कृष्ण बहादुर वलि, रिमा रखाल, कल्पना वलि, टोपनारायण गैरे, याम बहादुर पुन, र देबि ढकाल गरी ११ सदस्यीय सर्र्व सम्मत चयन भएको नवनिर्वाचित अध्इष ढकालले जानकारी दिए ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन, सुख्खा क्षेत्र आयोजना सुर्खेतबाट कार्यनयन सुरु भएको गुर्भाकोट नगरपालिका वडा नम्बर १,२ र ४ को सयुक्त खानेपानी बिस्तारका लागि आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट रु २१ करोड बिनियोजित भएको छ । बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर शाही, २ का वडा अध्यक्ष नोख बहादुर वलि र ३ का वडा अध्यक्ष राम बहादुर डाङ्गीद्वारा तदर्थ समिति गठन गरीएको हो । खानेपानी तदर्थ समितिका नवनिर्वाचित अध्यक्ष ढकालले भोलि समितीको बैठक बसि तत्काल सम्बन्धित निकायमा समन्वय गरि प्रक्रिया अघि बढाउने बताए । उनले बृहत खानेपानीको मुख्य मुल गुर्भाकोट वडा नम्बर १ र २ को सिमानामा पर्ने गलगले मुल सङ्गै बिगतमा प्रयोग हुँदै आएका मुल मुहानहरु लाई पनि एकीकृत गरि तीन वटै वडाका घरघरमा खानेपानी पुर्याउने लक्ष्य रहेको जानकारी दिए । गुर्भाकोटमा यस योजना सञ्चालन भएसँगै सङ्गै स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार