अखिल नेपाल महिला संघ समाजवादीको अध्यक्षमा भगवती शाही

रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी)को रुकुम पश्चिमको जिल्ला कार्यसमिति हेरफेर गरिएको छ । मुसिकोटमा भएको एक भेलाले भगवती शाहीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा शुद्ध कुमारी भण्डारी, सचिवमा चिना विक, सह–सचिवमा बन्दना खड्का र कोषाध्यक्षमा यमुना शर्मालाई चयन गरिएको एकीकृत समाजवादी रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष कल्याणी खड्काले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया