प्रचण्ड र ओलीको भेट हुने/नहुने टुङ्गो छैन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार हुने भनिएको भेटघाट हुने नहुने अझै टुङ्गो भएको छैन । दुई नेताबीच आज ‘निर्णायक’ भेटवार्ता हुने कुरा थियो । तर भेटघाट हुने नहुने भन्ने अझै अनिश्चित देखिएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ पुरानो गठबन्धनसँगको बैठकपछि राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग निर्णायक भेट गर्ने भनेका थिए । तर, शुक्रबार बिहान पनि प्रधानमन्त्रीले पुरानै गठबन्धनसँग भेटघाट गरे । ओलीसँग भेट्ने कुराको कुनै समय तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीको सचिवालयले समेत भेटघाट बारे जानकारी नभएको बताएको छ ।

तपाईको प्रतिक्रिया