जाजरकोट । शिवालय गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने ६ किलोमिटर सडक स्तोरन्नती गरेको छ । गाउँपालिकाको विभिन्न ठाउँगरी २२ किलोमिटर सडक निर्माण गरीएको हो । गाउँपालिकाका इन्जिनियर मनोज केसीका अनुसार २०७८/०७९ मा गाउँपालिकाका नौ वटै वडा गरी सडक निर्माणका १२ योजना सम्पन्न भएका छन् । ती योजनाबाट १ करोड ६३ लाख रकम खर्च भएको छ । सो अवधिमा गाउँपालिकाले सडक ढलान र ग्राभेलका काम भने गर्न नसकेको इन्जिनियर केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार