बिदाका दिन पनि सरकारी कार्यालय खोल्नेबारे छलफल

काठमाडौं। मन्त्रिपरिषदको बैठकले शनिबारबाहेकका सार्वजनिक बिदाका दिन पनि महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे छलफल गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महतवपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको हो । शनिवारबाहेकका बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला गर्ने विषयमा छलफल भएको छ ।


तपाईको प्रतिक्रिया