काठमाण्डौँ । एमाले मन्त्रीहरु निस्केपछि बालुवाटारमा काँग्रेस सभापति शेर बहादुर देउवा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका हुन् । उनी एमालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा विमला राई पौडेलले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर फर्केपछि त्यहाँ गएको स्रोतले बताएको छ । अहिले बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभापति देउवबीच कुुराकानी भइरहेको छ ।
यसअघि हिजो राति पनि उनीहरुबीच सोही स्थानमा कुराकानी भएको थियो । हिजो साँझ प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न काँग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले अध्यक्षले राष्ट्रिय सहमतिको उम्मेदवार प्रस्ताव गरेपछि विशेषगरी काँग्रेस र माओवादीभित्र राजनीतिक तरंग बढेको छ ।


दर्शन खबर । ११ फाल्गुन २०७९, बिहीबार