सुर्खेतको पश्चिममा तीन जिल्लाका जनप्रतिनिधिहरु बिच भेला

सुर्खेत । सुर्खेतको पश्चिममा तीन जिल्लाका जनप्रतिनिधिहरु बिच भेला भएको छ । सेती कर्णाली दोभान बेनीमा बिहिवार सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य हृदयराम थानी, सुर्खेत क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य बिन्दमान बिष्ट, चौकुने पालिका अध्यक्ष खडक बिक, उपाध्यक्ष नर बहादुर वान्तोला, डोटी जिल्लाका बोकटान फुर्सेल गाउँपालिका अध्यक्ष कमल गडसिला, नेपाली कांग्रेस अछाम जिल्लाका सभापति पुष्प शाह, जिल्ला समन्वय समितिका प्रमुख ललित कंवर, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश सावद बिच भेला भएको हो ।

भेलामा विभिन्न विकास निर्माणका विषयमा छलफल भएको प्रदेश सभा सदस्य बिन्दमान बिष्टले जानकारी दिए । त्रिपक्षीय भेलामा आ-आफ्ना पालिकाबाट सडक बेनिमा पुर्याउने, तीनखम्बे पक्की पुल निर्माण गर्ने जस्ता निर्णय गरीएको छ । यस्तै सेती कर्णाली दोभान बेनीबाट भेरी कर्णाली दोभान हुँदै कर्णाली चिसापानी जल यात्रा (र्याप्टिङ) सञ्चालन गर्ने पनि निर्णयमा भएको बिष्टले जानकारी दिए ।


तपाईको प्रतिक्रिया