कर्णाली प्रदेश प्रहरी गणमा प्रहरी जवानले आफ्नै कन्चटमा गोली हाने

 सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् । बिहिवार बिहान २ः५६ को समयमा दार्चुलाको अपी नगरपालिका ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका अन्दाजी २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेका हुन् । बिक बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।

डिउटी सकिनेबेलामा बिकले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले दर्शन खबरलाई जानकारी दिईन् । घटनाको थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया