लेकवेशीमा सात नाल भरुवा बन्दुक फेला

                                                                                                     फाइल फाेटाे

सुर्खेत । लेकवेशीमा प्रहरीले बेवारीसे अवस्थामा ७ नाल भरुवा बन्दुक फेला पारेको छ । ईलाका प्रहरी कार्यालय लेकवेशीबाट ग्रामिण गस्ति गर्ने क्रममा लेकवेशी नगरपालिका वडा नम्बर ५ स्थित तल्लो कफलेनी भेडाखोर जंगलको ढुङ्गाको ओडारमुनी लुकाई छिपाई राखेको अवस्थामा ७ नाल भरुवा बन्दुक र १ थान बन्दुकको खाली नाल फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया