लेकवेशीमा निशुल्क स्वास्थ्य शिविर हुँदै

सुर्खेत । लेकवेशी नगरपालिकामा वडा नम्बर ४ को प्राथामिक स्वास्थ्य केन्द्र दशरथपुरको प्राङ्गणमा ४ दिने निशुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ । शसस्त्र प्रहरी बल नेपालको आयोजना र प्राथामिक स्वास्थ्य केन्द्र दशरथपुरको समन्वयमा उक्त शिविर हुन लागेको हो । उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताईएको छ । फागुन १३ गतेदेखि १६ गतेसम्म हुने निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा पाठेघर सम्बन्धी र क्यान्सर स्क्रिनिङ्ग रोगहरुको परीक्षण तथा उपचार गरीने छ । जसमा पहिलो दिन वडा नम्बर १,२, र ३ का बिरामीलाई चेकजाँच गरीने छ । यस्तै दोस्रो दिन वडा नम्बर ४, ५, र ६, तेस्रो दिन ७, ८ र ९ र अन्तिम दिन लेकवेशी नगरपालिका वडा नम्बर १० र भेरीगंगा नगरपालिका वडा नम्बर ११ र १३ का बिरामीलाई चेकजाँच गरीने प्राथामिक स्वास्थ्य केन्द्र दशरथपुरका प्रमुख खगेन्द्र बहादुर बिरकट्टा मगरले जानकारी दिए ।

May be an image of text


तपाईको प्रतिक्रिया