प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, यी विषयमा छलफल भयो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।


तपाईको प्रतिक्रिया