हुम बहादुर कार्की सुर्खेत । “संसारका मजदुर एक हौ” भन्ने मुल उद्देश्यका साथ प्रवासी नेपाल संघ भारतको आठौ केन्द्रीय सम्मेलनबाट नारायण होमागाई अध्यक्षमा चयन भएका छन् । भारतको मुम्बई पुनामा बुधवार भएको केन्द्रीय सम्मेलनबाट होमागाई चयन भएका हुन् । नवनिर्वाचित होमागाईले प्रवासी नेपालीहरुको भारतमा रहेका नागरिकहरुलाई हक अधिकारको लागि आवाज उठाउन सम्बन्धित निकाय सम्म कुरा पुर्याइ प्रवासी नेपाली नागरिकका लागि न्याय दिने बताएका छन् । उनको नेतृत्वमा पाँच पदाधिकारी सहित ७५ सदस्यीय पनि गठन गरीएको छ । जसमा उपाध्यक्ष सीता अधिकारी, सचिव डम्बर रावल, उपसचिव गिरिराज बेलबासे र कृष्ण पोख्रेल निर्बाचित भएका छन् । अध्यक्ष होमागाईले विगत देखि भारतमा दुख पाएका नेपाली नागरिकका लागि सहयोग गर्दै प्रवासी नागरिक का लागि अधिकार कै लागि विभिन्न निकायमा पुगेर न्याय दिँदै आइरहेका छन् । यस संघ स्थापनाले नेपाल भारत बिच समधुर सम्बन्ध रहने बिश्वास गरीएको छ ।


दर्शन खबर । १० फाल्गुन २०७९, बुधबार