दशरथपुर स्वास्थ्य केन्द्रलाई जेनरेटर उपहार

सुर्खेत । लेकवेशी नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र दशरथपुरलाई के एण्ड ए कारेस फाउण्डेशन (k&A cares foundation) ले ३ केभिएको जेनरेटर हस्तान्तरण गरेको छ । सोमवार फाउण्डेशनका प्रमुख पुर्ण बहादुर खरेलले स्वास्थ्य केन्द्रमै पुगेर उक्त जेनरेटर हस्तान्तरण गरेका हुन् । स्वास्थ्य केन्द्रमा भइरहेको विद्युतको समस्याका साथै सर्पदङ्स उपचारको सेवामा सहयोग पुगोस भन्ने हेतुले उक्त जेनरेटर हस्तान्तरण गरीएको फाण्डेशनका प्रमुख खरेलको भनाई छ । फाण्डेशनले स्थापनाकाल देखि नै स्वास्थ्य क्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धी सामाग्री सहयोग गर्दै आएको छ ।

यता लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले हस्तान्तरण गरेको जेनरेटरले स्वास्थ्य केन्द्रलाई ठुलो राहत हुने विश्वास गरीएको बताए । जेनरेटर वितरण गरेकोमा फाण्डेशनका प्रमुख खरेललाई उनले धन्यवाद समेत व्यक्त गरेका छन् । यस्तै केही समय अगाडि लेकवेशी नगरपालिकामा बन्ने भनेको नगर अस्पताल जग्गा पाश्की नभएर बन्न नसकेको उनको भनाई छ । उनले काम अन्तिम चरणमा पुगेको तर नगर अस्पताल बन्ने जग्गा बनमा भएकाले रुख काट्न नमिलेको हुँदा नगर अस्पताल बन्ने नसकेको नगर प्रमुख पौडेलले बताए ।


तपाईको प्रतिक्रिया