कांग्रेस आफ्नै कमजोरीका कारण सत्तामा पुग्न सकेन : महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आफ्नै कमजोरीका कारण सत्तामा पुग्न नसकेको बताएका छन् । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको बताएका हुन् । । उनले अब कांग्रेस नविनतम तरिकाले अघि बढ्नुपर्ने पनि बताएका छन् । “अब कांग्रेसलाई बदल्नु पर्छ, बदल्छौं र देशभरीबाट बहुमत ल्याई आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरी जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ” महामन्त्री शर्माले भने नेकपा एमाले ले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको उनले टिप्पणी गरे । भत्ता एमालेले सुरुवात गरे पनि त्यसलाई १०० बाट तीन सय बनाउने काम कांग्रेस नेतृत्वको सरकारले गरेको बताए ।

तपाईको प्रतिक्रिया