विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा कलाकारको चरित्रहत्या गरेको आरोपमा विन्ध्यावासिनी म्युजिक प्रा. लि सञ्चालन गर्ने सुवास रेग्मीलाई साइबर व्यूरोले पक्राउ गरेको छ । आइतबार थाइल्यान्डबाट नेपाल फर्कने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । व्यूरोका अनुसार रेग्मीले सामाजिक सञ्जालमा कलाकारलाई अश्लील गालीगलौज गर्दै कलाकारको चरित्र हत्या गर्ने काम गरेको भन्दै महेश चन्द्र आचार्यले व्यूरोमा उजुरी दिएका थिए । उनकै उजुरीको आधारमा प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले रेग्मीसँग थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया