जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

जाजरकोट । नलगाडमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नम्बर एक पालीका अन्दाजी ६५ वर्षका भद्र कामीको भिरबाट लडेर मृत्यु भएको हो । कामी शनिवार खच्चरमा सामान लिई नलगाड नगरपालिका १ जुरेली तर्फ जाँदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी दुई दिन सम्म पनि घरमा नर्फकिएपछि खोजतलास गर्दै जाँदा भिरबाट लडि मृत अवस्थामा फेला परेको उनकाे सालो अविलाल चनाराले जानकारी दिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया