
सल्यान । सल्यानको छत्रेश्वरीमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकि छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मुलखोला बस्ने ३१ वर्षिय दुर्गा ओलीले सोही ठाउँ बस्ने भाउजु नाता पर्ने गाउँकी ३७ वर्षिय दुर्गी खड्कालाई शनिवार दिउँसो १२ बजेको समयमा धारिलो हतियार प्रहार गरेकी हुन् । उनीहरु बिच एक आपसमा सामान्य वादविवाद हुँदा ओलीले खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारीलो हतियार प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते खड्कालाई उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज स्थित नेपालगंज नर्सिङ होममा उपचार भईरहेको र अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने ओलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ७ फाल्गुन २०७९, आईतवार