भ्यान्टीलेसन फोडेर भागे वयान दिन लगिएका अभियुक्त

सुर्खेत । भ्यान्टीलेसन फोडेर वयान दिन लगिएका अभियुक्त फरार भएका छन् ।
वीरेन्द्रनगर ६ शनिहल बस्ने १३ वर्षीय अर्जुन गहतराज चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।
प्रहरीले वयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थिति गराएको बेला उनी सरकारी वकिल कार्यालयको शौचालयको भ्यान्टीलेसन फोडेर बाट बिहीबार दिउसो फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रवि रावलले जानकारी दिए ।
प्रहरी कार्यालय सुर्खेतका प्रवक्ताका अनुसार गहतराज भदौ २९ गते ४२ हजार ७४० रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।
‘शंकास्पद गतिविधि गरेपछि खानतलासी गर्दा गहतराजको साथबाट नगद फेलापरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको रावलले बताए ।
फरार भएका गहतराजको खोजी कार्य तिव्र पारेको बताउँदै अभियुक्त गहतराजले नगद रकम कहाँबाट कसरी ल्याएका हुन भन्ने नखुलेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया