नगरपालिकाकाे शान्ति सुरक्षामा अहोरात्र लाग्नेछौँ , डिएसपी खतिवडा

इन्द्र बुढाथोकी

सल्यान । बनगाड कुपिण्डे नगरपालिका नगरपालिकामा शान्ति सुरक्षामा विशेष व्यवस्था गर्ने प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय सल्लीबजारमा जिल्लामा सरुवा भएर आएको प्रहरी नायव उपरीक्षक डिएसपी सरोकारवासंग परिचयात्कम कार्यक्रम गर्दै यस्तो बताएका हुन् । डिएसपी खतिवडाले आफ्नो तर्फबाट सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए ।
सल्यान जिल्लामा ४ सय ३८ दरबन्दी भएकोमा अहिले ३ सय ३५ मात्र रहेकोले केही कम दरबन्दी भए पनि सुरक्षामा कुनै समस्या आउन नदिने बताउका छन् । कुनै पनि कार्यक्रम तथा समस्या आएमा प्रहरीलाई जानकारी गराएमा जस्तो अवस्थामा पनि प्रहरी तयार हुने उनले बताए ।
कार्यक्रममा प्रमुख गोविन्द कुमार पुनले ईलाका प्रहरी कार्यालयलाई क वर्गमा स्तर वृद्धिको लागि कार्यालयको तर्फबाट सहयोग गर्न अनुरोध गरेका थिए ।पहल गर्ने बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख मन्जु यरि,वडा अध्यक्षहरु, व्यापारी, राजनीति दल, बुद्धिजीवी, पत्रकार लगाएत लगाएतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया