हुम्ला । सिमिकोटमा झुन्डिएको अवस्थामा एक महिला शव फेला परेको छ । करिब ३२ वर्षकी छिरिङ कुन्डोम लामाको शव शुक्रबार राति झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले जानकारी दिए । प्रहरी निरीक्षक चौधरीका अनुसार शुक्रबार रातिनै उनका श्रीमानले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । सिमकोट गाउँपालिका ५ मा पर्ने सँगम टोलमा उनले झुन्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनको शवलाई पोस्मार्टमका लागि जिल्ला अस्पताल पठाइएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक लामाको पहिलो श्रीमानबाट दुई छोरा र दुई छोरीहरु छन् भने अहिलेका श्रीमान्बाट एक छोरी छिन् ।


दर्शन खबर । ६ फाल्गुन २०७९, शनिबार