
सल्यान । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मैदुपोखरीमा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीचमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गरेका हुन् । उक्त भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पाँच वर्ष भित्र सबै वडा कार्यालयहरु सरकारी भवनबाट जनतालाई सेवा दिने गरि लाग्ने बताएका छन् । उनले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई समेत आग्रह गरेका छन् । भवन पाँच कोठाको एक तलाको बन्ने बताईएको छ । शिवशक्ती प्रीजमा निर्माण सेवा कम्पनीले भ्याट बाहेक ७७ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिए ।


दर्शन खबर । ६ फाल्गुन २०७९, शनिबार