गुर्भाकोटमा दलित समुदायलाई कुखुराका चल्ला वितरण

हुम बहादुर कार्की । गुर्भाकोटमा दलित समुदायका परिवारहरुलाई कुखुराका चल्ला वितरण गरिएको छ । गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग र दलित आयआर्जन कार्यक्रम संचालन समिती गुर्भाकोट २ को आयोजनामा दलित समुदायका परिवार लाई गिरिराज प्रजातिका चल्ला तथा उनिहरुका लागी दाना बितरण गरिएको हो । दलित आयआर्जन कार्यक्रम समितिका अध्यक्ष कुश बहादुर दमाईको अध्यक्षतामा भएको कार्यक्रममा गुर्भाकोट २ वडा भित्र रहेका दलित समुदाय करिब ९० घरधुरी परिवार लाई एक घर १२ का दरले बितरण गरिएको अध्यक्ष कुशबहादुर ले बताए । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष नोख बहादुर वलिले दलित समुदाय को आयआर्जन बिकासका लागि गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को नगरसभाबाट बिनियोजित बजेटले दलित समुदायको आय आर्जन सङ्गै भेटघाट वातावरण सिर्जना गर्दै आगामि दिनहरु मा पनि दलित समुदायका लागि विशेष योजना बनाउन वडा तथा नगर सरकार सकारात्मक रुपमा लाग्ने बताए । कार्यक्रममा बिशिस्ट अतिथी नगर कार्यपालिका सदस्य राधा ढकाल वडा सचीव गणेश डिसि अतिथिमा समाजसेबी खिमानन्द ढकाल, युराज ढकाल ,नवीन बिक युराज कडेल लगायत को रहेको थियो १ कार्यक्रम सन्चालन इन्फोस टेक्निकल ईन्स्टिच्युट का प्रबन्धक खुम बहादुर बिकले गर्नु भएको थियो १ दलित आय आर्जन कार्यक्रम गुर्भाकोट २ सन्चालक समितीमा अध्यक्ष कुश बहादुर दमाई कोषाध्यक्ष लिला कामी सचीव तारा देबि बिक सदस्यमा तोज कुमारी बिक नर बहादुर बिक र लिला कामी रहेका थिए ।

तपाईको प्रतिक्रिया