स्वादिष्ट परिकार खान जाने होईन त, सेफ च्वाइस रेष्टुरेन्ट तिर

सुर्खेत । विरेन्द्रनगरको यरिचौकमा एकै परिकारलाई विभिन्न स्वादमा दिने उदेश्यले झण्डै ८० लाखको लागतमा पीजा हट सञ्चालन गरिएको छ ।
करिब १२ वर्षदेखी वीरेन्द्रनगरका उच्चस्तरिय होटलहरुमा ख्याती कमाएका समिर तामाङ (लामा)ले ग्राहकहरुलाई एकै परिकारलाई विभिन्न स्वादमा दिने उदेश्यले पीजा हट सञ्चालन गरेका हुन् ।


पीजा हटले पारिवारिक रेष्टुरेन्ट र ग्राहकहरुको सुरक्षामा ध्यान दिँदै सेवा शुभारम्भ गरेको जनाएको छ । ‘मानविय आवश्यकतामा पछिल्लो पटक थरिथरिका परिकारहरुको उच्च रोजाईमा पर्ने गरेको सञ्चालक लामाले बताए ।
पीजा हटमा मःम तथा सेकुवा कर्नर, पारिवारिक रेष्टुरेन्ट, वार र कफिसप छुट्टाछुट्टै तलामा व्यवस्था गरिएको सञ्चालक लामा बताउँछन् ।
उनका अनुसार पीजाका मात्रै २४ परिकार तयार गरिन्छ ‘साधारणदेखी उच्चस्तरिय परिकारका खाजा सेटहरु तयार गर्ने सामथ्र्यता पीजा हर्टमा छ ।’


पीजा हर्टमा कवाव, नेवारी खाजा सेट, थकाली खाना, पेस्टी, बेकरी, हार्ड डिस्क तथा विभिन्न डिजाइनमा केकहरु तयार गर्ने गरेको लामाको भनाई छ । उनले ग्राहकहरुले वीरेन्द्रनगर उपत्यकामा होम डेलिभरीको सेवा दिँदै आएको बताए । लामाले सञ्चालन गरेको पीजा हर्टमा २२ जनाले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया