आन्दोलनका क्रममा हिजो आठदेखि १० करोड बढीको मोबाइल लुटियो

काठमाडौं। यातायात मजदुरहरुले गरेको आन्दोलनका क्रममा हिजो काठमाडौंका मोबाइल पसलमा भएको आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको छ। हिजो आन्दोलनकारीहरुले माछापोखरी र नयाँबसपार्क क्षेत्रमा तीन ठाउँका मोबाइल पसलमा लुटपाट गरेका थिए। हिजो बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । नेपाल मोबाइल व्यवसायी संघले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन्। आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने बताएका छन्।


तपाईको प्रतिक्रिया