
दिपक बराल – सुर्खेत । पौडी खेल्ने क्रममा भेरीनदीमा वेपत्ता भएको दुवै जनाको शव फेला परेको छ । भेरीगंगा नगरपालिका ८ लोदे कसेरा भेरी किनारबाट बिहिबार दिउँसो साढे एक बजेको समयमा वेपत्ता भएका दुबै जना युवाहरुको शव भेटिएको अस्थायी प्रहरी बिट जहरेले जनाएको छ । वेपत्ता भएका डोल्पाको ठुलीभेरी नगरपालिकाका २१ वर्षीय बिबि रोकाय शुक्रबार दिउँसो करिब ३ बजेको समयमा र अर्का सोही ठाउँका २२ वर्षीय मकर रोकाय शनिवार दिउँसो एक बजेको समयमा मृत अवस्थामा फेला परेको हुन् । उनीहरु माघ २३ गते गुर्भाकोट नगरपालिका १४ गुमीमा दिदिको घरमा आएका थिए । मृतक बिबिको शनिवार दाहसंस्कार गरीएको छ भने मकरको शव हाल मेहेलकुना अस्पतालमा राखिएको अस्थायी प्रहरी बिट जहरेका सहायक हवल्दार अम्मर रावतले जानकारी दिए ।


दर्शन खबर । २८ माघ २०७९, शनिबार