ज्येष्ठ नागरीक सेवा समाजको तेस्रो साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न

सुर्खेत । ज्येष्ठ नागरीक सेवा समाजको तेस्रो साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ इत्राममा शुक्रवार उक्त साधारण सभा तथा चुनावी सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष धुर्व चपाईले गरेका थिए । साधारण सभामा ज्येष्ठ नागरीक सेवा समाजका सचिव कृष्ण बहादुर बस्नेतले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष चेतानन्द कंडेलले आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रस्तुत गरेका थिए । साधारणसभामा बोल्दै ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिकहरुले कानुनीआधारमा पाउने अधिकारको समेत कार्यन्वय नभएकोले त्यस्ता अधिकारको कडाईका साथ कानुन कार्यन्वयन गराउँन सरकारले ध्यानदिनु पर्ने बताएका थिए । साथै उनिहरुले ज्ञान सीप र अनुभव बाट परिपक्क जेष्ठ नागरिकहरु घर समाज र राज्य बाटनै अहिले पनि अपहेलित भइरहेको भन्दै त्यस्ता कार्य रोकिनु पर्ने र त्यसमा राज्यले विशेष ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा खगिसरा अधिकारीले वृद्धाश्रम नपठाई आफ्नै घरमा राखेर सम्मान गर्नुपर्ने बताईन् । साथै उनले सहभागि भएका ज्येष्ठ नागरीकहरुलाई छोराछोरीले दिएको खानेकुरा अमृत सम्झेर खान अनुरोध गरीन् । यस्तै ज्येष्ठ नागरीक जिल्ला संघ अध्यक्ष लक्ष्मी खड्काले अब ज्येष्ठ सदस्यले भनाई परिर्वतन गर्नुपर्ने उल्लेख गरीन् । उनले अब छोरासँग आफु बसेको नभई मसँग छोरा बसेको भन्नु पर्ने बताईन् । यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चपाईले ज्येष्ठ नागरीकलाई होच्याउने, गिज्जाउँने भन्दा पनि सबैले सम्मान गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरीक सेवा समाजको लागि वडाबाट जति सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । ज्येष्ठ नागरीक सेवा समाजका पदाधिकारीहरूको २ वर्षे कार्यकाल सकिएकोले यो सभामा पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको चयन गरेको छ । सभाका अध्यक्ष समाजले कार्य समिति विघटन गरी निर्वाचक मण्डललाई नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गरेको अनुरोध सँगै निर्वाचक मण्डलले निर्वाचन प्रक्रिया अघि बढाई मोति प्रसाद चपाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा सुनिता घिमिरे गौतम, सचिवमा कृष्ण बहादुर बस्नेत, सहसचिवमा अप्सरा ढकाल, र कोषाध्यक्षमा चेतानन्द कँडेल सर्वसम्मत चयन भएका छन ।  यस्तै सदस्यहरुमा टेक प्रसाद रेग्मी, चन्द्रलाल अधिकारी, वालाराम भुसाल, माधव मान बस्नेत, शंकर प्याकुरेल र अग्नीधर अधिकारी चयन भएका छन् । नव निर्वाचित पदाधिकारीहरूलाई ज्येष्ठ नागरीक सेवा समाजका सल्लाहकार एवम् निर्वाचन आयुक्त देव प्रसाद गौतमले पद तथा जिम्मेवारीको सपथ ग्रहण गराएका हुन्, भने नव निर्वाचित अध्यक्ष चपाईले आफ्नो निरन्तर नेतृत्वको लागि समाजले आफूलाई गरेको विश्वास प्रति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समाज र समाजवासीको हित, सुख, शान्ति र विकासका लागि आफूलाई पूर्ण समर्पित गर्ने प्रतिवद्धता जाहेर गर्दै सभाको विसर्जन गरे । ज्येष्ठ नागरीक सेवा समाजको स्थापना २०७६ मा भएको हो भने उक्त समाजमा ९७ जना आजिवन सदस्यहरु रहेका छन् । यस्तै समाजलाई ३४ जनाले आर्थिक सहयोग गरेका छन् । शुक्रवार सम्पन्न भएको तेस्रो साधारण सभा तथा दोस्रो चुनावी सभाको कार्यक्रम समाजका सल्लाहकार एवम् आयुक्त गौतमले सञ्चालन गरेका थिए ।तस्बिरहरु हेर्नुहोस्।

तपाईको प्रतिक्रिया