लेकवेशीमा फेला परे ५ नाल भरुवा बन्दुक

सुर्खेत । लेकवेशीमा वेवारीसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेका छ । अस्थायी प्रहरी चौकी नेटाले ग्रामिण गस्ती गर्ने क्रममा बिहिवार दिउँसो पौने १ बजेको समयमा वेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला पारेको हो । लेकवेशी नगरपालिका वडा नम्बर ५ को माथिल्लो खल्टाकुरा राष्ट्रिय चौतारी डाँडाको ओढारमा लुकाई छिपाई राखिएको अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिईन् । प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई पक्राउ गर्दै आएपछि स्थानीयले डराएर ओडारमा लुकाइ राखेको हुन सक्ने अनुमान गरेको छ । ओडारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया