
सुर्खेत । सिम्ता गाउँपालिकाका विद्यालयमा प्रमुख प्रशासकिय अधिकृत साथै उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । विद्यार्थीहरुको सिकाइ वातावरण, र आफ्ना अनुभव हरु विद्यार्थीहरु माझ आदानप्रदान गरि सकारात्मक उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले यो कार्यक्रम शुरु गरिने भएको हो । यसै अन्तर्गत पहिलो दिन सोमवार सिम्ता गाउँपालिका ७ स्थित श्री जनकल्याण माध्यामिक विद्यालय काप्रीचौरका विद्यार्थीसङ्ग सिम्ता गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत ओमप्रकाश देवकोटाले अनुभव आदानप्रदान गरेका छन् ।
कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीसङ्ग प्रशासकिय अधिकृत देवकोटाले अन्तरक्रिया गरेका हुन् । यसैबिच जनकल्याण मावी काप्रीचौरका प्रधानाध्यापक शुसिला कार्की र सम्पुर्ण शिक्षक कर्मचारीको उपस्तिथिमा युवा परिषद्का केन्द्रीय वोर्ड सदस्य रवि सेन्चुरी र युवा अभियान्ता जीवन पाण्डेले विद्यार्थीबिच उत्प्रेरणामुलक सन्देश सहित सहजीकरण गरेको जनकल्याण माविका शिक्षक दामोदर रेग्मीले जानकारी दिए ।


दर्शन खबर । २४ माघ २०७९, मंगलवार