काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ । लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् ।रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए । उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारिता विदेशीको एजेन्ट केन्द्रीत बनेको आरोप लगाएका थिए । रविले १२ भाई पत्रकार मिलेर आफूविरुद्ध निरन्तर प्रहार गरेर अदालतलाई समेत प्रभाव पारेको उल्लेख गरेका थिए ।


दर्शन खबर । २३ माघ २०७९, सोमबार