
सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन भईरहेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको स्टलबाट गएराति सामान चोरी भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा यही माघ २० गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि, नविनतम प्रविधि प्रदर्शनी एंव पर्यटन महोत्सवको दोस्रो दिन २१ गते रातिको समयमा महोत्सवमा राखिएका स्टलबाट विभिन्न सामानहरु चोरी भएको हो । सुर्खेत महोत्सवमा राखिएका ६ सय भन्दा बढी स्टलहरु मध्ये करीब एक सय भन्दा बढी स्टलहरुबाट विभिन्न सामान चोरी भएको व्यवसायाीले बताएका छन् । कालिकोटका एक जना व्यवसायी माया प्रसाद न्यौपानेले आफ्नो स्टलबाट ५० भन्दा बढी बलान्केट चोरी भएको दर्शन खबरलाई बताए । उनले महोत्सवमा राखिएका स्टलको जिम्मा आयोजकले लिएको भएपनि तर त्यति चाँसो नदिएको गुनासो गरे । बेलुका कपडा थन्क्याएर आराम गर्न गए । बिहान आउँदा कपडा चोरी भएको थियो मेरो करीब ५० भन्दा बढी बलानकेट हराएको छ । आयोजकले क्षतिपुर्तीको व्यवस्था गर्नुपर्दछ ।’‚ उनले भनेचितवनकी एक जना व्यवसायी पवित्रा रिजालले ६ सय स्टल मध्ये चार सय स्टलबाट विभिन्न सामान चोरी भएको बताईन् ।
उनले कुनै स्टलमा कति पनि सामान नभएको र कुनैमा भएको सामान पनि लछारपछार भएको जानकारी दिईन् । “आफ्नो सामानको सुरक्षा आफै गर्छौ भन्दा पनि आयोजकले हामीले जिम्मा लिन्छौ तपाईहरु घर जानुस् भन्यो हामी घर गयौ, बिहान आउँदा सामान नै थिएन् । अब हामीलाई हाम्रो सामानको क्षति पुर्ति आयोजकले दिनुपर्छ । ”‚उनले भनिन् आयोजकको कमजोर व्यवस्थापन र फितलो सुरक्षा व्यवस्थाका कारण यस्तो घटना भएको बताउँदै उक्त सामानहरु आयोजकले नै चोरेको आरोप लगाएकी छन् । विभिन्न स्टलबाट चोरी भएका सामानको क्षतिपुर्ति आयोजकले दिने मेला मुल आयोजक कमिटिका अध्यक्ष चन्द्र बहादुर विसीले बताए । उनले कतिवटा स्टल थिए ? त्यसमध्ये कति स्टलबाट कति सामान चोरी भएको छ ? त्यसको छलफल गरी व्यवसायीलाई क्षतिपुर्ति दिने प्रतिवद्धता जनाएका छन् । हाल महोत्सव स्थलमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । साथै जारी रहेको उक्त महोत्सव अर्काे सुचना प्रकाशित नभए सम्मका लागि स्थगित गरीएको छ । आइतबार चर्चित गायिका मेलिना राई, मोडल करिश्मा ढकाल, हास्य कलाकार पुरुषोत्तम सापकोटा लगायत कलाकारको प्रस्तुति रहने कार्य तालिका थियो ।



दर्शन खबर । २२ माघ २०७९, आईतवार