गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल गाडी चलाइरहेका बेला बेहोस भएका छन् । चालकलाई छेउको सीटमा राखेर आफैं गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा उनी बेहोस भएका हुन् । भुसाललाई तत्कालै सिभिल अस्पतालमा लगिएको थियो । अस्पताल लागेर चेकजाँच गराउँदा उनको अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया