वीरेन्द्रनगरमा झुन्डिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा झुन्डिएका एक व्यक्तिको उपचारका मृत्यु भएको छ । जुम्लाको चन्दनाथ नगरपालिका १० का अन्दाजी १९ वर्षका टेकेन्द्र न्यापौनको आज (शुक्रवार) बिहान ११ः३० बजेको समयमा प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । न्यौपाने वीरेन्द्रनगर नगरपालिका ४ कालागाउँ कोठा भाडामा बस्दै आएको बुझिएको छ ।

उनलाई आज (शुक्रवार) बिहान साढे १० बजेको समयमा प्लाष्टिकको डोरीले आफ्नै कोठाको पंखामा झुन्डिएको अवस्थामा घरका मान्छेले फेला पारी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगेका थिए । अस्पताल लगेको केही समयमै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उक्त घटना स्थलमा हाल प्रहरी निरीक्षक पर्शुराम चौधरीको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको कार्कीले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया