गुर्भाकोटमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

हुम बहादुर कार्की सुर्खेत । माघ स १७ गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित मालारानी प्रहरी चौकिले अबैध घरेलु मदिरा नष्ट अभियान सुरु गरेको हो । मालारानी प्रहरी चौकीका असई नर बहादुर शाहीको टोलीले आज गुर्भाकोट २ स्थित ढाब, दाप्चे, वर्दी, गैराबारी, बाखखोर लगायतका क्षेत्रबाट कच्चा पदार्थ र घरेलु मदिरा करिब २०० लिटर बढी बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो । मदिरा बनाउदा बिभिन्न वस्तुहरू मिसाएको र नेपाल मा घरेलु मदिरा बनाउन कानुन मान्यता प्राप्त नभएको जस का कारण स्थानीय हरु ले प्रयोग गर्दा स्वास्थ्य खराबी सङ्गै गाउँ घर मा होहल्ला भै विभिन्न सामाजिक बिकृती फैलिएको असई शाहिको भनाइ रहेको छ । सो अभियान अवैधरूपमा स्वास्थ्यलाई हानिकारक मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेको थियो । यसै गरि अबैध घरेलु मदिरा नष्ट अभियानमा निरन्तर लाग्ने प्रहरी को दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया