सडकमा नाचेको भिडियो पोस्ट गरेको एक जोडीलाई जेल सजाय

इरान। इरानमा सडकमा नाचिरहेको भिडियो पोस्ट गरेको एक २० वर्षमाथिको जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरुलाई भ्रष्टाचार, वेश्यावृत्ति र प्रोपागण्डा गरेको आरोपमा दोषी ठहर गरिएको बताइएको छ। भिडियोमा उनीहरू तेहरानको आजादी (फ्रीडम) टावरमा नाचिरहेको देखाइएको छ। नैतिकता प्रहरीले नियन्त्रणमा लिएकी एक महिलाको मृत्युपछि विरोध प्रदर्शनमा संलग्न देखिएका मानिसहरूलाई इरानी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्। तथापि यो जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग जोडेका थिएनन् । बीबीसीका अनुसार दुवैको २० लाख फ्लोअर रहेको इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो।


तपाईको प्रतिक्रिया