
दिपक बराल सुर्खेत । भेरीगंगा नगरपालिका ९ जहरेमा लिटिल फ्लावर एकेडेमीको १४ औं वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । सुर्खेत लिटिल फ्लावर एकेडेमीले १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा आईतवार विविध कार्यक्रम गरी वार्षिक उत्सव तथा अभिावक समारोह सम्पन्न गरेको हो । भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता र नगर उपप्रमुख धनसरा बोहोराको विशिष्ट आतिथ्यतामा वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न भएको सुर्खेत लिटिल फ्लावर एकेडेमीका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले बताए । नगर प्रमुख ढकालले शुभकामना मन्तव्य राख्दै शिक्षा प्राप्त गर्ने विभिन्न माध्यम भयता पनि विद्यालय औपचारिक माध्यम भएको बताए । सरकारले सरकारी विद्यालयलाई व्यवस्थापन नगरेसम्म सस्थागत विद्यालयको आवश्यक रहने ढकालले बताए ।
विद्यालयमा विद्यार्थीहरुलाई निरन्तर अतिरिक्त क्रियाकलाप गराई विद्यार्थीहरुको ज्ञान, सिप, कला र क्षमतामा वृद्घि गर्न शिक्षकहरुलाई नगर प्रमुख ढकालले सुझाव दिए । सुर्खेते लिटिल फ्लावर एकेडेमीमा कक्षा १ देखी कक्षा १० सम्म अध्यनरत विर्धाथीहरुले १४ औं वार्षिक उत्शवको अवसरमा नृत्य, मयुर नाच, सोरठी नाच, गिती कथा, नाटक, अभिनय प्रस्तुत गरेका थिए । श्री नेरा मावी भेरीगंगा नगरपालिका ८ मैनतडा लोदेका प्रधानध्यापक भानु प्रसाद शर्माले शुभकामना मन्तव्य राख्दै सुर्खेत लिटिल फ्लावर एकेडेमीमा अध्यनरत विद्यार्थीहरुको नृत्य कला, भाषण कला, अभिनय कला उत्कृष्ट रहेको बताए । विद्यार्थी कलालाई मुल्यांकन गर्दै उनले विद्यार्थीहरुको आगामी उज्वल भविष्यको कामना व्यक्त गरे । १४ औं वार्षिक उत्सवको अवसरमा भेरीगंगा नगरपालिका साविक मैनतडामा सर्वप्रथम निजी विद्यालय स्थापना गरी शिक्षाको ज्योती प्रदान गर्ने श्री ज्ञान लाल गिरी, सुर्खेत लिटिल फ्लावर एकेडेमीका शिक्षकहरु र्धमेन्द्र कुमार मिडुन, हरिलाल बाह्रघरे, नरेश सोनी, अभिभावक षडानन्द खराल लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरीएको थियो ।
सुर्खेत लिटिल फ्लावर एकेडेमीले यो भन्दा अगाडी संचालन गरेको भलिबल, फुटबल, हाइजम्प, कपडी, हाजिरी जवाफ, कुर्सी दौड, चम्चा दौड, स्मरण दौड, डोरी तान, घैटो फोर, स्याक रेस, पढाई प्रतियोगिता लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरु र अभिभावकहरुलाई सम्मान स्वरुप शिल्ड, मेडल र उत्कृष्ट पुरस्कार वितरण गरी पुरस्कृत गरीएको थियो । शिक्षक अभिभावक संंघका अध्यक्ष विपि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक उत्सव तथा अभिभावक समारोहमा भेरीगंगा नगरपालिकाका निर्वतमान नगर प्रमुख भुपेन्द्रबहादुर चन्द, वडा नब्बर ८ का वडा अध्यक्ष पुसे कामी अभिभावकहरु, समाजसेवी, वुद्धिजिवी, विभिन्न राजनितिक दलका निर्वाचित जनप्रतिनिधिहरु, सुर्खेत लिटिल फ्लावर एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । १६ माघ २०७९, सोमबार