शारदा माविमा पढाई उत्सव सम्पन्न

बिनोद घिमिरे सुर्खेत । प्रारम्भिक तहको पढाई सुदृढ गरी बालबालिकाहरुको सिकाई उपलब्धिमा सुधार ल्याउनका लागि सुर्खेतको भेरीगंगा स्थित शारदा माध्यमिक विद्यालयमा शुक्रबार पढाई उत्सव सम्पन्न भएको छ । तपाईका छोराछोरीको उज्जवल भविष्यको आधार प्रारम्भिक कक्षा पढाइमा तपाईको सहयोगी व्यवहार भन्ने मुलनाराका साथ शारदा माध्यमिक विद्यालय भेरीगंगा १२ छिन्चुको आयोजना, भेरीगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र स्याक नेपाल सुर्खेतको सहयोग सम्पन्न भएको हो । पढाई उत्सवमा पढाई प्रतियोगिता र पढाई शिविरको माध्यमबाट विद्यार्थीहरुको प्रारम्भिक कक्षा पढाइ सीप विकासमा अभिरुचि पढाइमा प्रगति र प्रोत्साहन गरी प्रारम्भिक तहको पढाईमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र वलीले बताए ।

भेरीगंगा नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० विनियोजित बजेट अनुसार पहिलो चरणमा साविकको मैनगडा, दोस्रो चरणमा रामघाट, तेस्रो चरणमा कालपानी र चौथो चरणमा आज (शुक्रबार) उत्सव कार्यक्रम सम्पन्न गरेको बताए । पढाई उत्सवको एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि एवं भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले मुसाको घर नामक कथा पढेर उद्घाटन गरेकी थिईन् । उपप्रमुख बोहोराले शिक्षा विना भविष्यमा केहि गर्न नसकिने बताउदै त्यसैले प्रत्येक नागरिको जिवनमा शिक्षा र स्वास्थ्य महत्पुर्ण भएको बताईन् । उनले पढाई मेलामा सहभागी हुन पाउदाँ खुसी लागेको बताईन् ।पढाइ उत्सवलाई आवश्कतको आधारमा निरन्तरता दिन निर्देशन दिईन् ।

पालिकामा शिक्षाको लागि पहल अगाडी बढाउने प्रतिवद्धतासमेत व्यक्त गरिन् । उक्त उत्सवमा पढाई शिविर र पढाई प्रतियोगिता समेत संचालन गरिएको थियो । पढाई प्रतियोगीतामा सहभागी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षक तुल बहादुर रावतले संचालन गरेका सथए । उत्सव कार्यक्रममा भेरीगंगाका १५ वटा बिद्यालयका १ देखी ३ सम्मका बिद्यार्थी, शिक्षक अभिभावक, विभिन्न राजनितीक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजिवी, सुरक्षाकर्मी लगायत पत्रकारसमेतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया