कालिकोट । कालिकोटमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । कालिकोटको शान्नि गाउपालिका ८ डाडुकेमा बस्ने २४ वर्षीया छपेश सहकारीको जङ्गलमा बाख्रालाई घाँस काट्ने क्रममा शुक्रवार रुखबाट खसेर मृत्यु भएको हो । उनी गाउँपालिकाको स्वास्थ्य कार्यालयमा सिनियर अहेबमा कार्यरत रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १३ माघ २०७९, शुक्रबार