
दुर्गा विसि सल्यान । सल्यानमा ट्याक्टरको ठक्करबाट एक जना घाईते भएका छन् । विपरीत दिशाबाट गएको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा सल्लिबजार निवासी स्थानीय व्यापारी ईश्वरी गौतम घाइते भएका हुन् । गौतम सवार कर्णाली प्रदेश ०२००१ प २२१९ नम्बरको मोटरसाईकल र भे १ त १५३९ नम्बरको ट्याक्टरले सल्लिवजार देखि माथितार जाँदै गरेको रुकुम चौरजहारी सडक खण्डको आँपखोली नजिकै ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएको थियोे । घाईते भएका गौतमको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । ट्याक्टर सडक देखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ । रुकुम चौरजहारी सडक खण्डको सो क्षेत्र अत्यन्तै सांघुरो रहेको छ । मिनेट पिच्छे आउने मोडका कारण उक्त क्षेत्रमा दुर्घटनाको संख्या वढिरहेको छ । वर्षातले बिगारेको सडक हालसम्म पनि मर्मत हुन सकेको छैन । वर्षातमा सडकमा खसेका पहिरोहरु पन्छाउने काम अझै हुन नसकेको स्थनियले गुनासो गरेका छन् । घुम्ती मोडहरुमा माटो ढिस्काले आवतजावतमा समस्या थपेको छ भने शुक्रवार भएको दुर्घटना स्थल नजिकै सडकको पुरै भाग खसेको छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय रुकुम पश्चिम चौरजहारीले उक्त सडकलाई मर्मत गर्ने तर्फ चासो नदिएको स्थानीयको दुखेसो छ । आँपखोलि देखि नाथेखोला नजिकै ५ किमि सडक पिच भएता पनि गुणस्तरीय नहुँदा सडक उप्किन थालेको छ । निर्माण कम्पनीले नाली मर्मत तथा सरसफाइ नगरी त्यतिकै छोडेको छ । सडक हस्तान्तरण नहुदै सडक जिर्ण बन्न सुरु भएको छ ।यस तर्फ सडक डिभिजन कार्यालय वेखबर बनेको स्थानीयको भनाइ रहेको छ ।


दर्शन खबर । १३ माघ २०७९, शुक्रबार