सुर्खेत । वीरेन्द्रनगरमा भोलि १३ गतेदेखि हुने भनिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार महोत्सव एक हप्ता पछि सारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा हुने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि, नविनतम प्रविधि प्रदर्शनी एंव पर्यटन महोत्सव प्रतिकुल मौसमका कारण एक हप्ता पछि सारिएको हो । उक्त महोत्सव मेला माघ २० गते देखि माघ २८ गतेसम्म सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिका महोत्सव व्यवस्थापन समितीले जानकारी दिएको छ । महोत्सवले जिल्लालाई ऐतिहासिक व्यापारिक, कृषि, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने महोत्सव मूल समारोह समितिको विश्वास छ ।



दर्शन खबर । १२ माघ २०७९, बिहीबार