हुम्लामा हिमपात

हुम्ला । हुम्लामा दोस्रो पटक हिमपात भएको छ । हुम्लामा मंगलबार बिहानबाट हिउँ पर्न शुरु भएको हो । हिउँ पर्नु शुरु भएसँगै चिसो बढेको छ । हुम्ला जिल्लाका तीन वटा गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ गाउँपालिकामा हिउँ परिरहेको छ । त्यस्तै हुम्लाका मध्य क्षेत्रका चार गाउँपालिका सर्केगाड, अदानचुली, चङखेली र ताँजाकोट गाउँपालिकाका उच्च स्थानमा हिउँ परेको छ भने होचा खोंचमा पानी परेको छ ।हुम्लामा दोस्रो पटक हिमपात हुँदा अत्याधिक चिसो बढेका कारण मानिसहरु घरबहिर निस्किने अवस्था छैन । त्यस्तै गाई, गोरु चरिचरनमा ठुलो समस्य भएको छ । हुम्लाका गाउँहरु हिउँले पुरै सेताम्मे भएका छन् । हुम्लाको तापक्रम माइनेस १२ डिग्रीसेल्सियस पुगेको छ । जमिनमा हिउँ १ फिट जमिसकेको छ भने हिउँ निरन्तर परिरहेको छ ।

तपाईको प्रतिक्रिया