भेरीगंगाका ११८ जनालाई लालपुर्जा वितरण

बिनोद घिमिरे सुर्खेत । राष्ट्रिय भुमी आयोग जिल्ला समिती सुर्खेतद्धारा तयार पारिएका जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) भेरीगंगामा वितरण गरिएको छ । भेरीगंगा नगरपालिकाको आयोजना र राष्ट्रिय भुमी आयोग जिल्ला समिती सुर्खेतको समन्वयमा जग्गा धनी प्रमाणपत्र सोमवार एक कार्यक्रमको आयोजना गरी वडा नं ८ को कार्यालय वितरण हो । आयोगले साविकको कोट माझखर्क अन्र्तगत भेरीगंगा नगरपालिका वडा नं ६,७ र ८ का १ सय १८ जनालाई प्रमाणपुर्जा वितरण गरिएको हो । जसअन्तरगत वडा नं ६ का ३२ जना, वडा नं ७ का १० जना र वडा नं ८ का ७६ जनालाई वितरण गरिएको छ । जग्गा धनी प्रमाणपुर्जा पाएसंगै खुसी भएका छन । राष्ट्रिय भुमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेल र भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उदघाटन गरेका थिए । जग्गा धनी प्रमाणपुर्जा सुरुमा ज्येष्ठ सदस्य जैसरा बुढालाई आयोगका अध्यक्ष र नगर प्रमुखले पुर्जा हस्तातरण हुन् ।

राष्ट्रिय भुमी आयोग सुर्खेत अध्यक्ष एवं कार्यक्रममा प्रमुख अतिथि श्रीधर पौडेल दोस्रो चरणमा सोमबार १ सय १८ जनाको लालपुर्जा वितरण गरेको बताउदै अब तेस्रो चरणमा बाँकी जग्गाधनीको प्रमाणपुर्जा छिटै वितरण हुने बताए । भेरीगंगाका ६ सय १७ फाईल जग्गा कित्ताकाट फाईल तयारी रहेको भन्दै पौडेल चालू बर्षमा सबैको पुर्जा तयारी भई वितरण गर्ने जनाए । भेरीगंगाका नगर प्रमुख तथा कार्यक्रमका सभाअध्यक्ष यज्ञ प्रसाद ढकालले भेरीगंगा नगरपालिकाले लालपुजा तयारीका लागि जग्गाधनीले मालपोत कार्यालयमा तिनुपर्ने राजस्व नगरपालिकाले तिरिदिने बताएका छन् । लालपुर्जा वितरण गर्न बाँकी जग्गाधनीको पुर्जा निर्माण तयारी सक्ने, कित्ताकाँट काम छिट्टै सक्ने र कोटमाझखर्क अन्तर्गतका भेरीगंगाका सबै वडाका लालपुर्जाको किताकाटका लागि छिटै कर्मचारी परिचालन गर्ने बताए । राष्ट्रिय भुमी आयोग जिल्ला समिती सुर्खेतका सदस्य सचिव एवं जिल्ला नापी कार्यालय प्रमुख राजेन्द्र बहादुर थापाले सुर्खेतमा भुमी सम्बन्धी अधुरो काम धेरै भएको बताए ।

उनले अधुरा काम गर्दा राज्यको स्रोत साधन खर्च भएको पुन लागु गर्न सक्ने, काम छोटो छरितो काम हुने, अधुरा कामले भुमीहिन दलित, भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समाधान हुन सकिने भएकोले अधुरा कामलाई थालनी गरेको बताए । राष्ट्रिय भुमी आयोग जिल्ला समिती सुर्खेतमा पठाइएका फाइल फिल्डमा अध्ययन गरेर ३५ दिने सुचना निकाली हक दाबी नपरेका पुर्जा श्रेस्ता तयार गरेर वितरण गरेको उनले बताए । पुर्जा वितरण कार्यक्रमा भेरीगंगाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, निर्वतमान नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, वडा नम्बर ६ का वडाअध्यक्ष लालसिँह बिसी, ७ का वडाअध्यक्ष कर्णबहादुर मिजार, ८ का वडाअध्यक्ष पुसे कामी, वडा नम्बर १० का वडाअध्यक्ष वीर बहादुर बस्नेत, ११ का वडाअध्यक्ष जय बहादुर नेपाली, १२ का वडाअध्यक्ष राम बहादुर डाङ्गी, १३ का वडाअध्यक्ष गणेशबहादुर भण्डारी, यस्तै निर्वतमान वडाअध्यक्षहरु लक्षुमण राना, पदमबहादुर खत्री, बलबहादुर खड्का, नेपाली कांग्रेस नगरसभापति रामबहादुर सिँह लगायत विभिन्न राजनैतिकका दलका प्रतिनिधीको सहभागीता रहेको थियो ।

तस्बिरहरु



तपाईको प्रतिक्रिया