लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

सुर्खेत । लागु औषध (ब्राउन सुगर) मुद्धाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतबाट लागुऔषध मुद्धामा एक वर्ष कैद र पाँच हजार जरीवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीका २८ वर्षीय कमल गिरीलाई शनिवार अन्दाजी विहान ९ः५० बजेको समयमा पक्राउ गरिएको हो । गिरीलाई आफ्नै घरबाट पक्राउ गरी उनलाई हाल हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



तपाईको प्रतिक्रिया