सुर्खेत । देवप्रसाद आचार्य र देवकुमारी आचार्यका एक मात्र सन्तान हुन् उमालाल आचार्य । देलैखको डाडापराजुलमा जन्मिएर सुर्खेतलाई कर्मथलो बनाउँदै आएका कथाकार उमालाल आचार्यको दोस्रो कथाकृति डान्सबारको लोकार्पण गरीएको छ । लामो समयदेखि कर्णाली प्रदेशमा रही साहित्यिक र नाटकमा कलम चलाउँदै आएका आचार्यको दोस्रो कथासंग्रह डान्सबारको शनिवार वीरेन्द्रनगरमा उनका नाति सौहार्द आचार्यद्धारा लोकार्पण गरीएको हो । डान्सवार कथासंग्रहमा ८ वटा कथा समावेश गरीएको छ । जस अन्तरगत कालो पुर्णिमा, डान्सबार, कुरुवा, भरोसा, एउटा पर्चा, पहिरो, अनुराग र दिदी रहेका छन् । डान्सवार कृतिमा समावेश भएको पहिलो कथा कालो पुर्णिमा विशेष प्रेम सम्बन्धमा आधारित रहेको छ । पहिलो कथाको पात्रका रुपमा म रहेको र पात्रको कुनै केटीसँग प्रेम सम्बन्ध बसेको थियो । जुन प्रेम सम्बन्धमा भएका पात्र जागिरको शिलशिलामा बाहिरी देशमा गएको लेखिएको छ । उनीहरुको प्रेम सम्बन्ध हुँदाहुदै फागु पुर्णिमा होलीको दिनमा झनै प्र्रेम सम्बन्ध प्रगाढ भएको उल्लेख गरीएको छ । फागु पुर्णिमा होली मनाएर उनी जागिरबाट बिदाका लागि आफ्नो घर नेपाल फर्किएका थिए । उनी नेपालका कही दिन मात्रै बसे । केही समयको बसाईपछि उनी पुुनः कर्मथलोमा फर्किए । जब उनी कर्मथलोमा पुगे । समय परिर्वतन छ । उनको प्रमिकाको विहे अर्कैसँग भएको थियो ।
पुर्णिमा दिनमा त्यति प्रगाढ भएको प्रेम केहि दिनपछि विछोडमा परिणत भएको हुँदा उनले कथाको शिर्षक कालो पुर्णिमा राखेका हुन् । यस्तै दोस्रो कथा डान्सवार समाजमा भएका विकृतिलाई चित्रण गर्न खोजिएको छ । जसमा पात्रका बुवा अस्पतालमा मृत्युसँग लडिरहँदा उनी पैसाको सञ्चयकोष ल्याउन काठमान्डौँ गए । काठमान्डौँ पुगे लगत्तै उनलाई आफ्नै गाउँका साथीले सहयोग गर्दिन्छु भनि पैसा लुटेको र उनी त्यसपछि वबवा भएको अस्पतालमा आउँदा बुवाको निधन भएको थियो । उनले लेखेका सबै कथाहरु पाठकलाई स्तव्ध बनाउने प्रकारका रहेका छन् । डान्सवार कथासंग्रहमा समाज, राजनितिक, साँस्कृतिक, विगत, वर्तमान, विभिन्न ठाउँ, विभिन्न ठाउँमा बोलिने भाषाहरुको पक्षलाई उठान गरीएको छ । उक्त कृतिका लेखक आचार्यले डान्सवार कथासंग्रह प्रकाशन गर्न एक वर्ष लागेको बताए । उनले यो भन्दा पहिले २०७३ सालमा कसुर नामक कथा संग्रह बजारमा ल्याईसकेका छन् । कसुर नामक कृतिमा ९ वटा कथा समावेश गरेका थिए । जस अन्तरगत हितैषी, बादलको आकृति, साईत, फरक यात्रा, धोको, कसुर, पानीपैँचो, वचन र छातीको आगो रहेका थिए । उनले पहिलो कथासंग्रह कसुरबाट पाठकहरुको धेरै माया पाएको हुँदा दोस्रो डान्सबार नामक कृति निकालेको दावी गरे । उनलाई डान्सबार कृतिमा समावेश भएका कथाहरु लेख्न करीब दुई वर्ष लागेको थियो डान्सबार कृति प्रकाशन गर्न एक वर्ष लागेको थियो । सानैदेखि चन्चले स्वाभाव भएका आचार्य आफ्नो आमाको गर्भमै हुँदा उनको बुवाको मृत्यु भएको थिएको थियो ।
यस्तै शनिवार नै मदन पुरस्कार प्राप्त लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’ माथिको विमर्श गरीएको छ । जाशीले लेखेको आख्यानमा करीब १२ वटा कथा समावेश गरीएको छ । जसअन्तरगत लेखिएको कथा, नलेखिएको बयान, भेटिएकी देवी,साथीको सम्झना, गुरुको साथ, छोराको सपना लगायत एक दर्जन कथाहरु लेखिएको छ । उक्त आख्यानमा सुरुमा भएको पात्र पुन अन्तिम तिर दोहोरएको छ । यस आख्यानमा अन्तरजातिय प्रेम सम्बन्ध, सामाजिक सञ्जाल, विगतमा भएका चिठीपत्र, आमा र छोराको मायाप्रेम, पहाडमा भएका मानिस तराईमा आए र परिर्वतन भउको कुराहरुलाई समावेश गरीएको छ । उक्त लोर्कापण समारोह र विमर्श कार्यक्रम कर्णाली साहित्य समाज सुर्खेतले आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कर्णाली साहित्य समाजकी सचिव सरस्वती पन्तले सहजीकरण गरेका कार्यक्रममा विभिन्न विद्यालयका प्रधानध्यापक, बुद्धिजीबी, लेखक, कलाकार, विद्यार्थी, लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लोर्कापण गरीएको डान्सबारको टिप्पणी गणेश भक्त र विमर्श भएको आख्यान बाआमाको टिप्पणी बासुदेव पाण्डेले गरेका थिए ।
तस्विरहरु



दर्शन खबर । ७ माघ २०७९, शनिबार