जमेको पानीमा डुबेर दुई बालकको मृत्यु


सुर्खेत ।
मंगलसेन नगरपालिका–७ जनाली, अछाम स्थित खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
पुछेडी खोलोको खोलामा जमेको पानीमा डुबेर १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईंको मृत्यु भएको हो ।
शनिबार बिहान गोठाला गएका उनीहरू पौडीखेल्ने क्रममा डुबेका हुन् । खाल्डोबाट दुवैजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


तपाईको प्रतिक्रिया