ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको आरोप लगाएका छन् । संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पि‌ंजडामा राख्न खोजेको टिप्पणी गरेका हुन् । ओलीको भनाइ उद्ध्रृत गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसले ‘ढोक्सा थाप्न खोजेको’ भनेको भन्दै उनले आफ्नो पार्टीले ढोक्सा थाप्न खोजेका नभई प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको बताए । “सदनमा प्रधानमन्त्रीलाई काम गर्नका लागि बलियो आधार बनोस् भनेर विश्वासको मत दिनु ढोक्सा थाप्नु होइन,” शर्माले भने, “बरु, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि प्रश्न उठाउनु र ढोक्सा थापियो भन्नु प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास हो ।”

तपाईको प्रतिक्रिया