लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


सुर्खेत । लागुऔषध (ब्राउनसुगर) मुद्दामा फरार एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ बस्ने २३ बर्षका रेशम कुमार सुनारलाई सोमवार आफ्नै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले सुनारलाई पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया