
सुर्खेत । गुर्भाकोट नगरपालिकाकोे मेहलकुनामा आगलागी भएको छ ।
आगलागीबाट दुई घरमा क्षेती पुगेको प्रहरीले जनाएको छ ।
स्थानीय तिर्थबहादुर बुढाथोकी घरबाट शुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको शिक्षक इन्द्र थापाले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि भेरीगंगा नगरपालिकाबाट दमकल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । मेहलकुना प्रहरी र स्थानीय नागरिकहरु आगो नियन्त्रण गर्न लागि रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


दर्शन खबर । २१ भाद्र २०७६, शनिबार