केन्द्रको सहमतिपछि कर्णालीमा तरंग, सत्ता समिकरण फेरिने संकेत


सुर्खेत । सत्ता गठन्धनले सातै प्रदेशमा भागबण्डाको टुङ्गो लगाएको छ । आईतवार बसको सत्ता गठबन्धनको बैठकले सातै प्रदेशमा मुख्यमन्त्रीको टुङ्गो लगाएको हो । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकको सहमतिपछि कर्णालीमा भने तरंग पैदा भएको छ । कर्णालीको मुख्यमन्त्री माओवादीको भागमा परेपछी एमाले कर्णालीका नेताहरुले नेतृत्वको आलोचना गरिरहेका छन् । अघिल्लो कार्याकालमा पनी मुख्यमन्त्रीको दावी गरेका यामलाल कँंडेल प्रतिपक्ष दलको नेतामै सिमित भएका थिए भने यस पटकको कार्यकालमा पनी प्रतिपक्षमै बस्ने निश्चित भएको छ । यस कारण कर्णालीको सत्ता समिकरणमा परिवर्तन हुन सक्ने देखिएको छ । केन्द्रमा एमाले माओवादी लगाएतका दलको गठबन्धन भएता पनी कर्णालीको सत्ता समिकरणमा भने फरक नतिजा आउने देखिएको छ ।

साझेदार दलका शीर्ष नेताहरूको बैठकको सहमतिपछि कर्णालीमा सोमवार विहानै देखि नेकपा एमाले र नेपाली काँंग्रेसका नेताहरु विच कर्णालीको सत्ता समिकरणका विषयमा छलफल चलिरहेको नेपाली कांग्रेसका एक नेताले दर्शन खबरलाई जानकारी दिए । एमाले केन्द्रको नेतृत्वले कर्णालीलाई सधै उपेक्षा गरेको भन्दै केन्द्रलाई चुनौती दिने र सत्ता समिकरण उल्ट्याउने गरी नेपाली कांग्रेससँग छलफल भईरहेको र यदि छलफल सकारात्मक भएकामा कर्णालीमा एमाले र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति हुने एक जना एमाले नेताले दर्शन खबरलाई बताए । अघिल्लो कार्यकालमा पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविश्वास मतको प्रस्ताव लगेपछी नेकपामै तरंग पैदा भई नेकपा विभाजन समेत हुन पुग्यो, र अन्य ६ प्रदेश सहित केन्द्र सरकार समेत परिवर्तन भयो जसको मुख्य कारण कर्णाली प्रदेश बनेको थियो । कर्णालीमा एमाले र काँंग्रेसले आलोपालो गरी सरकार संचालन गर्ने सम्भावना बढेको छ ।

अहिले पनि एमालेले मुख्यमन्त्री नपाउँदा केन्द्र सरकार सम्म हलचल हुने र सत्ता साझेदार दलका शिर्ष नेताहरुको बैठकको निर्णयमाथि ठाडो चुनौती देखिएको छ । मुख्यमन्त्रीमा प्रदेश १ एमाले, मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आलोपालो गर्ने बाग्मतीमा माओवादी केन्द्र र एमालेले पालैपालो, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले, कर्णालीमा माओवादी केन्द्र, सुदूरपश्चिमा एमाले र माओवादी आलोपालो गर्ने सहमति भएको छ । यस्तै, सभामुखमा, मधेस र कर्णालीमा एमाले, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादी, बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा परेको छ । उपसभामुखमा प्रदेश १ र गण्डकीमा एमाले, बागमती र कर्णालीमा माओवादीमा लुम्बिनी– राप्रपा, मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिमा नागरिक उन्मुक्तिलाई उप प्रमुखको प्रस्ताव गरिएको छ ।


तपाईको प्रतिक्रिया