जाजरकोट । शिवालय गाउँपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिक र अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग, महिला तथा बालवालिका शाखा र वडाको समन्वयमा वडाले चिसो बढेसँगै सम्मान स्वरुप ८० वर्ष माथिका ९ जना ज्येष्ठ नागरीक र १० वर्षका २ जना अनाथ बालबालिकालाई न्यानो कपडा बलान्केट वितरण गरेको हो । चिसोमा न्यानो कपडा लगाउन प्रोत्साहित गरिएको, आर्थिक रुपले अशक्त ज्येष्ठ नागरिक र अनाथ बालबालिकालार्ई बलान्केट वितरण गरिएको शिवालय गाउँपालिका वडा नम्बर ५ का वडा सचिव लिलन रेग्मीले जानकारी दिए ।
ज्येष्ठ नागरिक र अनाथ बालबालिकालाई सम्मान पनि होस र उनीहरुलाई जाडोबाट पनि बच्न सजिलो होस भनि बलान्केट वितरण गरिएको वडाध्यक्ष गोपाले दमाईले बताए । यस्तै ८० वर्षीय ज्येष्ठ नागरिक धना शाहीले जाडो समयमा स्थानिय सरकारले निशुल्क रुपमा न्यानो कपडा वितरण गरेर आफुहरुलाई ठुलो सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। न्यानो कपडा वितरण कार्यक्रममा शिवालय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बाठा, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिभा महतारा पुनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्मान स्वरुप ज्येष्ठ नागरिक तथा अनाथ बालबालिकालाई खाजा पनि खुवाईएको छ ।



दर्शन खबर । २५ पुष २०७९, सोमबार