भेरीगंगामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने

बिनोद घिमिरे सुर्खेत । भेरीगंगामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । जनस्वाथ्य सेवा कार्यालय सुर्खेतको आयोजना तथा भेरीगंगा नगरपालिका र छिन्चु स्वास्थ्यचौकीको समन्वय तथा सहयोगमा परिवार नियोजन शिविर संचालन हुने भएको हो । शिविर पौष २५ गत सोमबार भेरीगंगा १२ छिन्चु स्वास्थ्यचौकीमा संचालन हुने बताइएको छ । सन्तानका रहर पुगेका दम्पतिहरुका लागि स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेक्टोमी र महिलाहरुका लागि मिनिल्याप साथै परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट र आइ यु सि डी सेवा सञ्चालन हुने जनाएको छ । महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।



तपाईको प्रतिक्रिया